Prakash Adhikari January 25, 2023

काठमाडौं, ११ माघ । नयाँ बानेश्वरको संसद भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गर्नुभएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका आचार्यको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको ८० प्रतिशतभन्दा धेरै शरीर जलेको थियो ।

आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने बताइएको छ ।

आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेख्नुभएको थियो ।

उहाँले नयाँबानेश्वरबाट तीनकुने जाने मुख्य सडककै शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाउनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आचार्यले आत्मदाहको प्रयास गर्नुभएको थियो ।

 

 

निराशाबाट आत्मदाहतर्फ
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आचार्यले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेख्नुभएको थियो ।


Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*