Prakash Adhikari January 25, 2023

 

बीरेन्द्रनगर(सुर्खेत), ११ माघ । कर्णालीमा आज सरकारले पूर्णता पाउने संभावना रहेको छ ।

सत्तारूढ दलहरूले मंगलबार नै मन्त्रालय भागबण्डा टुंगो लगाएका छन्।
सत्तागठबन्धनका दलहरुबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने छ।

यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने छ।

कर्णालीमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ।

एमाले र माओवादीले यसअघि ३ । ३ मन्त्रालय लिने सहमतिअनुसार मन्त्रालय भागबण्डा लगाएका छन्।

यसअघि मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले एमालेबाट एक माओवादीबाट एकजना जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको छ।

अब एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना गरि चार जना मन्त्री बन्नेछन्।

Share Now

Leave a comment.