Prakash Adhikari January 26, 2023

 

काठमाडौं, १२ माघ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेको विषयमा आफूहरु संवेदनशील भएको बताउनुभएको छ।

क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले सो कुरा बताउनुभएको हो। लामिछाने नेपालका लागि चाहिने खेलाडी भएको भन्दै सन्दीपको विषयमा आफूहरु छलफल गरिरहेको बताउनुभयो।

‘सन्दीपको विषयमा हामी संवेदनशील छौं। ऊ नेपालको लागि चाहिने खेलाडी हो,’ चन्दले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘तर नेपालको कानूनले अनुमति दिन्छ भने अगाडि बढ्नु भनेको छ। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’

Share Now

Leave a comment.