काठमाडौं, १३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य विकेटकिपर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आसिफले अवार्ड प्राप्त गरेको ट्वीटरबाट जानकारी दिएको छ।
Winner of ICC Spirit of Cricket Award 2022 revealed via @ICC https://t.co/yuYIu2p4Zj
— Prakash Adhikari (@Prakash82846939) January 27, 2023
उनलाई २०७८ फागनुमा ओमानमा भएको चार देशबीचको टी २०अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो।
त्यसबेला आयरल्यान्डका एन्डी म्याकबर्नीले रन लिने क्रममा मैदानमा लडेका थिए। एन्डी लडेपछि आसिफले उनलाई रन आउट गरिदिएका थिएनन्।
आसिफको यो खेल भावनाको प्रशंसा भएको थियो। आईसीसीले उनलाई यही सदासयसंग जोडेर स्पिरिट अफ द क्रिकेट अवार्ड प्रदान गरेको हो।
A heart-warming #SpiritOfCricket moment from Nepal's wicket-keeper Aasif Sheikh 👏
Follow the upcoming T20 World Cup Qualifier A live on @FanCode and https://t.co/CPDKNxoJ9v (in select regions).
All you need to know 👉 https://t.co/XQgeYSj7Z7 pic.twitter.com/1JoX7qRube
— ICC (@ICC) February 16, 2022


















