Prakash Adhikari January 27, 2023

काठमाडौं, १३ माघ। सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनुभएका गैरनागरिक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको छ ।

उहाँका प्रेस संयोजक नवराज पाण्डेले उपप्रधान तथा गृहमन्त्री लामिछानेले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाउनुभएको हो ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रवि लामिछाने ११ पौषमा उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नेपालको वैध नागरिक नभएकोले उहाँको सांसद र मन्त्री बन्ने योग्यता नपुग्ने फैसला गरेको थियो ।

नेपालको संविधानले जनप्रतिनिधि बन्न, संवैधानिक पदहरुमा नियुक्त भई देशको सेवा गर्न नेपाली नागरिक हुनुपर्ने अनिवार्य शर्त राखेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने प्रतिनिधि सभाको उम्मेदवार हुन पनि अयोग्य भएको फैसला गरेको छ ।

Share Now

Leave a comment.