Prakash Adhikari January 27, 2023

काठमाडौं, १३ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ८ करोड ६३ लाख ७ हजार नाफा आर्जन गरेको छ ।

यो नाफा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकरण भएपछिको नाफा हो । दुवै बैंक एकापसमा गाभिएपछि पौष मसान्तसम्मको नाफा २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिको तुलनामा नाफा २८.४४ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढेपनि वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड ४२ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यो अवधिका बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले बैंकको नाफा बढ्न सहयोग गरेको देखिएको छ ।

बैंंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २३.८० प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

मेगा र इन्भेष्टमेन्ट मर्ज भएपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड १ लाख २६ हजार रुपैयाँ रहेको छ ।

आर्थिक बर्षको ६ महिनामा ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेको बैंकको प्रति शेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ९१ पैसा रहेको छ ।(स्रोतःक्लिमाण्डु)

Share Now

Leave a comment.