Prakash Adhikari February 2, 2023

 

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सामाजिक सञ्जालमा आफूप्रति टिप्पणी गर्ने सबैलाई लल्कार्र्दै चर्र्को स्टाटस राख्नुभएको छ ।

बिहिबार दिउँसो पोष्ट भएको स्टाटसमा उहाँले भन्नुभएको छ ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उहाँको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ ।

नागरिकता पुनः प्राप्तिपछि उहाँ पुनः सरकारमा सोही पदमा फर्कन ज्यान फालेर दौडधुप गरिरहनुभएको छ ।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताइरहनुभएको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने रविलाई तत्काल गृह मन्त्रालय दिन नसकिने सर्वोच्चको फैसलाको पूर्ण पाठ आउनुपर्ने बताइरहनुभएको छ ।

रविले रविले माघ १७ गते मंगलवारभित्र  आफूलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने अल्टिमेटम पनि दिनुभएको थियो । तर प्रधानमन्त्रीले हरियो संकेत नदिएपछि उहाँ थच्चिनुभयो ।

Share Now

Leave a comment.