Prakash Adhikari February 2, 2023

 

काठमाडौँ, १९ माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ।

कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताउनुभयो । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर हुनुभएको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिनुभएको थियो । उहाँले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्नुभएको थियो ।

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उहाँलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share Now

Leave a comment.