नेपाल वायुसेवा निगमका विमानको टिकट ई-सेवाबाट काट्न सकिने ; अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ सुविधा
काठमाडौँ, २० माघ । नेपाल वायुसेवा निगमले आफ्ना विमान जाने र आउने गन्तव्यका आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत निगमको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
निगमले अन्तर्राष्ट्रिय र आन्तरिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । निगमले आन्तरिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, थामखर्क विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ ।
त्यसै गरी अन्तर्राष्ट्रिय गन्तव्यमा भारतको नयाँदिल्ली,मुम्बई र बड.लोर, चीनको हंगकंग, जापानको टोकियो, मलेसियाको क्वाललम्पुर, कतारको दोहा, साउदी अरवियाको रियाद, थाङल्याण्डको बैंकक, युएइको दुबाई लागि टिकट उपलब्ध गराएको छ ।


















