Prakash Adhikari February 3, 2023

काठमाडौं,२० माघ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रीसंगको भेटपछि नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक वार्ता समेत सुरु भएको छ ।

मलेसियाली गृहमन्त्री नासुसनका साथमा रहेका मलेशियाली टोली र श्रममन्त्री अर्यालका साथमा रहेको नेपाली टोलीबीच अहिले काठमाडौंको एक होटलमा श्रम सम्बन्धमा वार्ता भइरहेको छ।

मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ ।

भेटमा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने बताइएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुुख स्रोत देश भएकाले नयाँँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुुभयो ।

Share Now

Leave a comment.