काठमाडौं, २१ माघ । नेपाली कांग्रेसको संयोजकत्वमा सिंहदरबारमा विपक्षी दलका शीर्ष नेताहरुबीच छलफल सुरुभ भएको छ।
सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल सुरु भएको हो।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्छ।
बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल भइरहेको बताइएको छ।
राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भने यही माघ २३ गते हुँदै छ।
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।


















