काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज(आइतबार) बिहान निधन भएको हो।
१४ वर्षमा मेट्रिक पास गर्नुभएका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्नुभएको थियो।
राष्ट्र बैंकको गभर्नरको रुपमा नियुक्त हुँदा उहाँको उमेर २९ वर्ष मात्र थियो भने मासिक वेतन ८ सय नेपाली रुपैया ।
जबराले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गनुभएको थियो।
त्यसपछि व्यवसायमा लाग्नुभएका जबराको नेतृत्वमा हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना भएको हो ।


















