काठमाडौं, २२ माघ । नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।
नबिल बैंक लिमिटेड र साओमी नेपालबीच ईएमआईमा शून्य ब्याजसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्रान्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा ईएमआईमा ब्याज लाग्ने छैन ।
यस्तो सुविधा तीन महिना र छ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।
शाओमी ब्रान्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन् ।
त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ ।
सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्डहोल्डर हुनुपर्नेछ ।


















