Prakash Adhikari February 6, 2023

 

अंकरा(टर्की), २३ माघ(बीबीसी) । दक्षिण -पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ।

उक्त स्थान सिरियासँगको सीमा नजिकै छ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ।

कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

दियारबाकरस्थित बीबीसी टर्कीश संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका बीबीसीका एकजना कार्यक्रम उत्पादक रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताउनुभएको छ।

टर्कीका भूकम्पविद् भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो।

सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

Share Now

Leave a comment.