Prakash Adhikari February 6, 2023

काठमाडौं, २३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग सामूहिक छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमाभएको छलफलमा जनसरोकारका विधेयकहरुको तर्जुमा, संशोधन र प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषय उठेको थियो ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लैजाने विषयमा सहमति जुटेको बताएको छ।

Share Now

Leave a comment.