Prakash Adhikari February 6, 2023

काठमाडौं, २३ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६२ अङ्कले उकालो लागेर २१००.७०मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

Symbol Current Chng Chng %
1,370.34 5.55 0.41
3,673.57 -2.84 -0.08
1,760.04 8.61 0.49
3,260.92 8.85 0.27
2,600.01 3.57 0.14
64.79 0.19 0.29
10,525.80 -82.98 -0.78
5,231.28 70.44 1.36
4,575.29 7.24 0.16
14.38 -0.08 -0.52
9,022.85 -1.93 -0.02
1,494.83 3.33 0.22
2,217.15 -1.29 -0.06

यस दिन २ सय ५९ कम्पनीका कुल ३९ लाख २२ हजार २ सय १६ कित्ता शेयरको खरिदबिक्रीबाट रु १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६ सय ४५ मूल्यमा कारोबार भयो ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार सोमवार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ५.५१प्रतिशत, युनिभर्सल पावर ४.९९ प्रतिशत, सिभिल लघुवित्त ४.०५ प्रतिशत र सर्पोट माइक्रोफाइनान्सको शेयर मूल्य ३.८४ प्रतिशतले बढेको छ ।

 

यस्तै यस दिन माछापुच्छ्रे बैंक, एसबीआई बेैक, स्टाण्डर्ड चार्टर्ड बैंक, जानकी फाइनान्स,पोखरा फाइनान्सको पनि शेयर मूल्य बढेको छ ।

Top Gainer

सोमबार लक्ष्मी बैंकको ऋणपत्रको शेयर मूल्य ९.५८ प्रतिशत, बाराही हाइड्रोपावर ४.६७ प्रतिशत, मिथिला लघुवित्त ३.८५ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ३.७५ प्रतिशत र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.४३ प्रतिशतले घटन गएको छ । त्यस्तै यस दिन प्रभु सेलेक्ट फण्ड,सयपत्री हाइड्रोपावर लिमिटेड, तेह्रथुम पावर,श्वेतगंगा हाइड्रोपावर,दोर्दी पावरको शेयर मूल्य पनि घटेको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ६ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै युनिभर्सल पावर कम्पनीको ५ करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स रु ४ करोड ८९ लाख ६० हजार ९ सय ३२, हिमालयन डिस्टिलरी रु.४ करोड ७७ लाख ७ हजार ५ सय १ र आशा लघुवित्त रु ४ करोड ३ लाख ७३ हजार ९ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

त्यस्तै यस दिन नबिल बैंक, चिलिमे जलविद्युत, स्टाण्डर्र्ड चार्टर्ड, तेह्रथुम पावर, अपर तामाकोशीको शेयर धेरै रकमको विकेको छ ।

 

Share Now

Leave a comment.