Prakash Adhikari February 6, 2023

 

काठमाडौं, २३ माघ । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच कुमारी बैंकका ग्राहकलाई विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले माइकल ग्रिल्ससंग सहकार्य गरेको हो ।

यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रालि को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३ सय ४ शाखा सञ्जाल, ३ सय ४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Share Now

Leave a comment.