Prakash Adhikari February 7, 2023

 

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने दावी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र २५ फागुनमा कांग्रेसकै उम्मेदवारले जित्ने दावी गर्नुभयो ।

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताउनुभयो ।

कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि उहाँले बताउनुभयो ।

 

 

Share Now

Leave a comment.