Prakash Adhikari February 7, 2023

 

काठमाडौं, २४ माघ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपालका पाँच महिला खेलाडीको नाम दर्ता भएको छ ।

अर्को साता फेब्रुअरी १३ मा हुने अक्सनमा नेपालबाट कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माको नाम अक्सनमा समावेश गरिएको हो ।

डब्लूपिएललमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा ७ विदेशी खेलाडी रहन पाउँछन् । जसमा कम्तिमा एक एसोसिएट खेलाडी हुनुपर्ने हुन्छ । प्लेइङ ११ मा पाँच विदेशी खेलाडी हुनेछन त्यसमा एक एसोसियट हुनुपर्ने हुन्छ । जस कारण नेपाली खेलाडी अक्सनमार्फत अनुबन्धित हुने सम्भावना उच्च छ ।

सो प्रतियोगितामा१ हजार ५ सय खेलाडीले अक्सनमा नाम दर्ता गराएको बिसिसिआइले जनाएको छ ।

पाँच फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता आगामी मार्च ४ देखि २६ सम्म हुने बताइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेलाडीहरु एजेन्टमार्फत आफ्नो नाम दर्ता गराउन सक्छन् । तर डब्लूआइपिएलमा क्रिकेट संघमार्फत नै दर्ता गराउनु पर्ने नियम छ ।

Share Now

Leave a comment.