Prakash Adhikari February 8, 2023

 

गाजियान्टेप(टर्की), २५ माघ । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण त्यहाँ कार्यरत आप्रवासी कामदार तथा विद्यार्थीहरूसमेत प्रभावित बनेका छन्।

नेपालको बारा जिल्ला घर भइ हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल ईन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बताउनुभएको छ।

उहाँले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गर्नुभएको छ।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाई ७.८ म्याग्निट्यूडको भूकम्पका कारण हजारौँको ज्यान गएको छ भने कैयन् हराइरहेका छन्।

बीबीसीका कमल परियारले सार्वजनिक गर्नुभएको भिडिओमा नेपाली विद्यार्थी शेशले बताउनुभए अनुसार विद्यार्थीहरुलाई पनि सुरक्षित आवासको समस्या छ । खानेपिने समस्या छ । राहत सबै ठाँउमा पुगेको छैन । उद्धार र राहतमा खटिएकाहरुले दिनमा एक छाक खान खाना दिने र हल्का विस्कुट तथा फलफूल
दिने गरेका छन् ।

नेपाली विद्यार्थीहरुले अवस्था सामान्य नभएसम्म नेपाल फर्किनुभन्दा अर्को शहरमा लगे हुने सुझाव दिएका छन् ।

शेख भन्नुहुन्छ, भूकम्प आएपििछ म्युजियममा लगियो । तर त्यहाँ स्थानीयको संख्या बढेपछि हामीलाई अर्को होस्टलमा ल्याइयो । चार जना छौ । फरकफरक ठाउमा छौ ।

Share Now

Leave a comment.