Prakash Adhikari February 9, 2023

 

काठमाडौं, २६ माघ । माया खोला हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशन भएको शेयर बिहीबार बाँडफाँट भएको छ।

यो कम्पनीको शेयरर १ लाख ९९ हजार २ सय जनाले १०।१० कित्ता हात पारेका छन्।

आइपीओका लागि १४ लाख ३५ हजार ३ सय १३ जनाले १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जसमध्ये १२ लाख ८४ हजार २ सय ३० जना आवेदक योग्य भएका थिए। उनीहरुको १ करोड ४२ लाख ३ हजार ६ सय ९० कित्ता शेयर बराबरको आवेदन प्रमाणित भएको थियो।

प्रमाणित मध्येका १ लाख ९९ हजार २ सय जनाले १० ।१० कित्ताका दरले आइपीओ पाएका छन्। कम्पनीले गत माघ १३ देखि १७ गतेसम्म ५ लाख ५४ हजार कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो।

कम्पनीको १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

Share Now

Leave a comment.