Prakash Adhikari February 11, 2023

दमास्कस(सिरिया), २८ माघ(बीबीसी) । भूकम्पले व्यापक क्षति पुर्‍याएको सिरियामा समयमा राहत पुग्न नसक्दा अवस्था झन् गम्भीर हुँदै गएको विवरणहरू प्राप्त भएका छन्।

गृहयुद्धको चपेटामा परेको राष्ट्रमा भूकम्पका कारण नयाँ भवनहरू समेत भत्किएका छन् भने अन्य भवनहरू बस्नका लागि असुरक्षित भएका छन्।

राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका ६ वटा लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो।

शुक्रवार बेलुका राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका थप केही गाडीहरू सिरिया पुगेको भए पनि उद्धार कार्यमा जुटेकाहरू आपूर्तिको सुस्त गति प्रति निराश छन्।

सोमवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रवार बेलुकासम्म झन्डै २३ हजार माथि पुगेको छ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा नाघ्दा ठूलो संख्यामा जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गर्नुभएको छ।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गर्नुभयो।

विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गर्नुभएको छ।

टर्की

डाक्टर मोहम्मद हासुनका अनुसार उनी कार्यरत दुई अस्पतालमा भूकम्प गएको पहिलो दिन ३५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।

ूत्यसपछि, मृतकको सङ्ख्या धेरै छिटो बढ्यो किनभने मानिसहरूले आफ्ना मृत प्रियजनहरूलाई सीधा आफ्नो घर वा सीधै अन्तिम संस्कार गर्ने ठाउँमा लैजान थाले,’’ उहाँले भन्नुभयो।

अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्पपीडितको जीवन समेत जोखिममा छ। प्रकोपपछि उनीहरूले आवास, खानेपानी र खाद्यान्न पाएका छैनन्।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्।

प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ।

बिहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १ लाख भन्दाबढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनु लगायत समस्याका कारण अवरोध निम्तिरहेको छ।

भूकम्पको भग्नावशेषमा मानिस

भूकम्पको भग्नावशेषमा मानिस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै “हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिनुभयो।

विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उहँले जोड दिनुभयो।

बिहीवार इड्लिब प्रान्तको बब अलहवा क्रशिङ हुँदै उत्तरपश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता पठाइएको छ।

सिरियाली सरकारपक्षधर सेनाको नियन्त्रणमा रहेका क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्रसङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो।

गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत् सहायता पठाउने अनुमति दिन आग्रह गर्नुभयो।

उद्धार कार्य

उद्धार कार्य

“यो एकता हुनुपर्ने परिस्थिति हो। यो राजनीति गर्ने वा विभाजित हुने क्षण होइन। अहिले हामीलाई ठूलो सहयोग आवश्यक छ भन्ने कुरा स्पष्ट छ।

भूकम्पपछि अलेपोबाट विस्थापित चार सन्तानकी आमा मुनिरा मोहम्मदले रोयटर्ससँग आफूहरूलाई तातो र थप सामग्रीको असाध्यै आवश्यकता रहेको सुनाउँदै भन्नुभयो, ूहिजो राति निकै जाडो भएकाले हामी सुत्न सकेनौँ। यो स्थिति साह्रै खराब छ।ू

ह्वाइट हेल्मेट उद्धार समूहका अनुसार त्यस क्षेत्रमा पुगेको संयुक्त राष्ट्र सङ्घको एक मात्र समूहसँग भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धार गर्न आवश्यक विशेष उपकरणहरू थिएनन्।


नवजात शिशु र आमाको चार दिनपछि उद्धार

शिशु उद्धार

दक्षिण टर्कीमा भूकम्प गएको ९० घण्टापश्चात् एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ।

हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशुलाई भग्नावशेषबाट उद्धार गरिएको हो।

भिडिओहरूमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको देख्न सकिन्छ।

उनकी आमालाई स्ट्रेचरमा राखेर ल्याइएको थियो।

आमाछोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन।


अर्को प्रकोपको चेतावनी
टर्कीमा हालसम्म १९ हजार ३ सय ८८ जना भन्दा बढी र सिरियामा कम्तीमा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन्।

यससँगै सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाएका १७ हजार भन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ।

टर्की र सिरियाका १० औं हजार मानिस भूकम्पका कारण घरविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताइरहेका छन्।

दक्षिणपूर्वी टर्कीका रिजत गोज्लु अहिले आफ्नो परिवारसँग खेलकुद कम्प्लेक्सको भुईँमा आश्रित हुनुहुन्छ। उहाँले भूकम्प गएको तीन दिनसम्म पनि उद्धारकर्मीहरू आफूकहाँ नपुगेको बताउनुभयो।

उहाँका अनुसार धेरै मानिस भग्नावशेषमुनि फसेका छन् र अन्य केही मानिसको हाइपोथर्मियाका कारण मृत्यु भएको छ।

नक्सा
“यदि यो क्रम जारी रह्यो भने यहाँ गम्भीर स्वास्थ्य समस्याहरू देखिन सक्छन्। मानिसहरू बिरामी हुन सक्छन्”, उहाँले भन्नुभयो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि यदि जीवितहरूले ूतत्कालू आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओको युरोपका लागि क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुगेले टर्कीको गाजियान्टेपमा “निरन्तर गइरहेको सयौँ परकम्पहरूका कारण” सङ्गठनका कर्मचारीहरूलाई कारमा सुत्नु परेको बताउनुभएको छ।

डा. क्लुगेलेका अनुसार सिरियाका पीडितहरू पनि पहिलो पटक पुर्‍याइएको पिउने पानीको भण्डारणमा निर्भर छन्।

त्यहाँ भूकम्प अघि देखिएको हैजाको जोखिम कम गर्न ती भण्डारणमा पानी प्रतिस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।


‘मैले १२० भन्दा धेरै परिवार सदस्य गुमाएँ’

साहन फिराट
साहन फिराट
एडिनबरामा बस्ने एकजना टर्कीस नागरिकले सोमवारको विनाशकारी भूकम्पमा आफूले परिवारका १२० सदस्य गुमाएको बताउनुभएको छ।

साहन फिराट टर्कीस(स्कटीस चेम्बर अफ कमर्सका अध्यक्ष हुनुहुन्छ र उहाँले स्कटल्याण्डको राजधानीमा भूकम्प पीडितहरूका लागि चन्दा सङ्कलनका कार्यहरूको संयोजन गरिरहनुभएको छ।

‘‘मैले मेरो परिवारका मात्रै १ सय २० भन्दा बढी सदस्य गुमाएँ – मेरा दाजुभाइ अनि दिदीबहिनीहरू, काकीहरू, काकाहरू, भतिजाहरू ‘ र गाउँका अन्य आफन्त र छिमेकीहरू,’’ उहाँले बीबीसीको गुड मर्निङ्ग स्कटल्याण्ड कार्यक्रमसँग भन्नुभयो।

‘‘उनीहरू सहरको प्रमुख केन्द्र अडियामानमा थिए। पूरै टर्कीको अवस्था निकै खराब छ। मैले केही समाचार भाइ अनि सहरमा रहेका अरूहरूबाट प्राप्त गरिरहेको छु।’’

‘‘सबैजना कार वा सडकमा बसिरहेका छन्। पेट्रोल पाउँदा न्यानो गरी उनीहरू कारमा बस्छन्। पानी नपरेको बेला आगो बाल्न उनीहरू काठ अनि कागज खोज्ने प्रयासमा जुट्छन्।’’

Share Now

Leave a comment.