Prakash Adhikari February 12, 2023

काठमाडौं,२९ माघ । सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सत्तामा फर्काउनेबारे छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा सोबारे छलफल भएको बताउनुभयो ।

उहाँले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताउनुभयो। राप्रपा अध्यक्ष लिड.देनले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताउनुभयो।

‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरूको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे रु भन्ने विषयमा समीक्षाहरू भए। आगामी दिनमा अझ मजबुत ढङ्गले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ। यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ’, उपप्रधानमन्त्री समेत रहनुभएका लिदेनले भन्नुभयो ‘ हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरूमा विमति छैन। बाहिर आएका कुरामा सत्यता छैन। रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ। उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’

Share Now

Leave a comment.