Prakash Adhikari February 12, 2023

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले पूँजी बजारमा देखा परेका समस्यहरुलाई सम्बोधन नगरेकोले आइतबार नेपालको शेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन नेपालको धितोपत्र बजार परिसूचक ६०.७७ अंकले ओरालो लागेर २१२१.८६ बिन्दुमा अडिएको छ ।

यस दिन २ सय ५३ कम्पनीका ८१ लाख ३९ हजार ८ सय ४० कित्ता शेयरको किनबेचबाट ३ अर्ब ०४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रुपैया ९३ पैसाको कारोबार भयो ।

यस दिन ८ कम्पनीको शेयर मूल्य मात्र बढेको छ भने २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकरणमा परेका १३ वटै उपसमूहको उपपरिसूचक घटेका छन् ।

Symbol Current Chng Chng %
1,377.99 -27.97 -1.99
3,751.51 -141.59 -3.64
1,761.24 -84.70 -4.59
3,230.27 -90.87 -2.74
2,628.01 -110.65 -4.04
66.84 -2.63 -3.78
10,659.30 -357.13 -3.24
5,179.00 -220.73 -4.09
4,618.11 -102.72 -2.18
14.50 -0.12 -0.83
9,205.57 -238.36 -2.52
1,513.19 -37.16 -2.40
2,277.17 -40.59 -1.75

शेयर बजारमा भारी गिरावट आएको यस दिन पनि खप्तड लघुवित्त,सामलिड. पावर,सयपत्री हाइड्रो, बराही हाइड्रो, नेपाल बैंक लिमिटेड डिबेञ्चर ८७, नेपाल इन्स्योरेन्स कम्पनी, प्राइम बैंक डिबेञ्चर८८, नबिल ब्यालेन्स फण्ड ३, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ र सांग्रिला बैंक डिबेञ्चर ८७ को शेयर मूल्य बढेको छ ।

 

 

 

Share Now

Leave a comment.