Prakash Adhikari February 12, 2023

 

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै आकार घटाएको छ। सरकारले बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको छ।

चालु आर्थिक वर्षमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड बराबर शुरुआति विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८६.३७ प्रतिशत बराबर हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८२.५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर २ खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ।

जुन शुरूआति विनियोजनको ९३.०५ प्रतिशत बराबर हो।

Share Now

Leave a comment.