Prakash Adhikari February 12, 2023

सातदोबाटो(ललितपुर), २९फागुन । यही फेब्रुअरी महिनाको १५ र १८ मा भारतमा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई आइतबार बिदाई गरिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिड., अखिल नेपाल फुटबल संघका उपाध्यक्ष बीरबहादुर खड्का,सदस्य सचिव किरण राई,कार्यकारी समितिका सदस्यहरु पुरुषोत्तम थापा, रुपेश अधिकारी, पेमा डोल्मा र सरिता श्रेष्ठ मलेकुले विदाई गर्नुभएको थियो ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)को आयोजनामा नेपाल र भारतीय टिमबीच भारतको चेन्नाईमा मैत्रीपूर्ण खेल हुने छ ।

Share Now

Leave a comment.