Prakash Adhikari February 12, 2023

काठमाडौं, २९ माघ । संघीय गणतन्त्र नेपाल र गणतन्त्र फिलिपिन्सको कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ औं बर्ष पुगेको छ ।

नेपाल र फिलिपिन्स बीच सन १९६० को फेब्रुअरी १२ मा कुटनीतिक सम्बन्ध कायम भएको थियो ।

६३ औं बर्ष पुगेको अवसरमा फिलिपिन्सको परराष्ट्र मामिला मन्त्रालयले नेपाल र फिलिपिन्सबीचको सम्बन्ध हिमाल जस्तै अटल रहेको जनाएको छ ।

भूपरिवेष्ठित नेपाल र टापू राष्ट्र फिलिपिन्सबीच ब्यापारको सम्बन्ध पनि छ । फिलिपिन्सले सन २०२२ मा नेपाल र फिलिपिन्सबीच १५ लाख डलरको व्यापार भएको जनाएको छ । फिलिपिन्सले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्ष नेपालबाट फिलिपिन्समा ६४ हजार २ सय ९८ डलरको सामान निर्यात भएको जनाएको छ । नेपाली विद्यार्थीहरु फिलिपिन्सका विश्वविद्यालय र कलेजमा अध्ययनका लागि पनि जाने गरेका छन् ।

फिलिपिन्सको परराष्ट्र मन्त्रालयले फिलिपिनी नागरिक हिराकलियो लियो ओरासियनले १७ मे २००६ मा विश्वको सर्वोच्च शिखर आरोहण गरेर सगरमाथाको चुचुरोमा फिलिपिनी झण्डा फहराउनुभएको उल्लेख गरेको छ । उक्त समाचार फिलिपिन्सको रेडियोले प्रमुखतासाथ प्रशारण गरेको थियो ।

Share Now

Leave a comment.