Prakash Adhikari February 13, 2023

 

काठमाडौं, १ फागुन । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसंग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विनमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको थियो । परराष्ट्र मन्त्री पौड्यालले भेटमा कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टिभिटी विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । मन्त्री पौड्यालले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

भेटका अवसरमा नेपालका विमानस्थलका रुटहरू खोल्ने र ब्यापार अवरोध न्यूनीकरण गर्ने, नेपालमा विद्युत उत्पादन बढाउने र उत्पादित विद्युत भारतलाई बिक्री गर्ने आयतन पनि बढाउने विषयमा छलफल भएको थियो ।

त्यस्तै द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र भएका सम्झौतालाई सफल रुपमा निर्धारित समयभित्रै कार्यान्वयन गर्ने र लगानीको वातावरण बढाउन र जलवायु परिवर्तनबाट जोखिममा परेका दुवै देशले दक्षिण एसिया स्तरको बलियो संयन्त्र बनाएर यससम्बन्धी फोरममा एउटै आवाज मुखरित गर्ने विषयमा पनि छलफल भएको थियो ।

मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताउनुभयो ।

Share Now

Leave a comment.