Prakash Adhikari February 13, 2023

काठमाडौँ, १ फागुन। यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताउनुभयो ।

12

सोमबार यातायात व्यवसायी र मजदूरहरुले बालाजु क्षेत्रमा प्रहरीका दुई वटा सवारी साधन जलाउनुका साथै सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

प्रहरीको दुईवटा गाडी जलाए

काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम प्रहरीले सार्वजनिक गरेपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

नयाँ बसपार्कभित्र गाडीको पार्किड.को व्यवस्थापन महानगरपालिकबाट ल्होत्से कम्पनीले लिएको छ । यो कम्पनीमा नेकपा एमालेका नेताहरुको संरक्षण र सहभागितामा सञ्चालित छ ।

बाहिर पार्किड. गरिएका सबै सवारी साधनलाई बसपार्क भित्र पार्किड. गराउने र मोटो रकम असल्ने ध्येयले ल्होत्से कम्पनीको अग्रसरतामा नेपाल प्रहरीले बसपार्क निकट चक्रपथ वरपर पार्किड. गरिएका सवारी साधनलाई बसपार्कमा अनिवार्य रुपमा लैजान दवाव दिंदै आएको थियो । व्यवसायी र मजदूरहरुले त्यसकै विरोध गरेका हुन् ।

जापान सरकारले निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको नयाँ बसपार्क नेपाल सरकारले काठमाडौं महानगर पालिकालाई सञ्चालन गर्न दिएको थियो । पछि नेकपा एमालेका केशव स्थापित मेयर भएको बेलामा एमाले नेताहरुले ल्होत्से बहुद्देश्यीय कम्पनी सिर्जना गरी बसपार्कको व्यवस्थापनको जिम्मा लिए । बसपार्कमा अवाञ्चित तवरले सपिड. महलहरु बनाइयो । सवारी साधन पार्किड. र सञ्चालन गर्ने क्षेत्र अहिले व्यवसायिक भवन र पसल कवलहरुले भरिएको छ ।

निजी सवारी सञ्चालकहरु मित्रराष्ट्रले बनाएर दिएको बसपार्कमा चर्को पार्किड. शुल्क लिएकोले बसपार्कभित्र भन्दा बाहिर सवारी साधन राख्न रुचाउछन् । तर सर्यौको संख्यामा सवारी साधनहरु बाहिर पार्किड. गरिएकोले आफ्नो आम्दानी घटन गएको भन्दै ल्होत्सेले प्रहरीलाई प्रभावित पारेर सबै सवारी साधन बसपार्कमा लैजान पर्ने नियम लगाउन खोजेको छ । यातायात व्यवसायी र मजदूरहरुले त्यसकै विरोध गरिरहेका हुन् ।

सोमबार राजधानीको बालाजु क्षेत्रमा आक्रोेशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

सडकमै बस तेर्स्याएर विरोध

ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सोमबार अपरान्ह सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो ।

प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।

यातायात व्यवसायीहरुले ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरेका थिए ।

Share Now

Leave a comment.