Prakash Adhikari February 13, 2023

 

काठमाडौं, १ फागुन । नेपाल सरकारले टर्किका भूकम्प पीडितका लागि औषधी, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहत स्वरुप पठाएको छ।

भूकम्प पीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो।

सरकारले यही ६ फेब्रुअरीमा टर्किमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने निर्णय गरेको थियो।

यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो।

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किस एयरलाइन्सलाई धन्यवाद दिएको छ।

Share Now

Leave a comment.