Prakash Adhikari February 14, 2023

काठमाडौं, २ फागुन । आईसीसी विश्वकप लिग २ अन्तरगत आज नेपाल र नामिबियाबीच भैरहेको आजको खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

राष्टिय टोलीका ओपनर भुर्तेलले आईसीसी लिग विश्वकप त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध शतक प्रहार गरेका हुन्।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ४० ओभरको अन्तिम बलमा १ रन लिँदै शतक पूरा गरेका हुन्। कुशलले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे।

यो कुशलको वन डे करियरको पहिलो शतक हो। एक दिवसीय खेलमा नेपालका लागि ओपनरले शतक प्रहार गरेको यो पहिलो हो।

राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा शतक प्रहार गर्ने कुशल चौथो खेलाडी हुन्।

ओडीआई र एक दिवसीय दुवैमा शतक प्रहार गर्ने कुशल तेस्रो खेलाडी हुन्। यसअघि पर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरीले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए।

यसअघि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध १ सय ३३ रनको साझेदारी गर्दै कीर्तिमान कायम गरेका थिए। ३३ ओभरमा १ सय ८६ रन बनाउने क्रममा रोहित र कुशलले यो कीर्तिमान बनाएका हुन्।

यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए।
आजको खेलको पहिलो इनिड.मा नामिबियाका माइकल भानलिड.गेनले पनि शतक प्रहार गरेका थिए । उनले १ सय ३७ बलमा ९ चौका र ५ छक्काका मद्दतले १३३ रन बनाएका थिए ।

Share Now

Leave a comment.