Prakash Adhikari February 14, 2023

कीर्तिपुर(काठमाडौं), २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल र नामिबिया बीच भएको आजको खेल नेपालले २ विकेटले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४८.४ ओभरमा १४ बल बाँकी रहदाँ ८ विकेटको क्षतिमा २ सय ८७ रन जोडेर हासिल गरेको थियो ।

नेपालको जितमा नेपाली ब्याट्सम्यान कुशल भूर्तेलको योगदान प्रशंसायोग्य रह्यो । उनले ११३ बलमा १० चौका र ४ छक्काका मद्दतले १ सय १५ रन जोडेका थिए । कुशल प्लेयर अफ द म्याच पनि घोषित भए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्काका मद्दतले ७२ रन बनाए । नेपालका लागि सन्दीप जोराले २८, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५, करन के.सी.ले २०,दीपेन्द्रसिंह ऐरीले ७, कुशल मल्लले ६ र सोमपाल कामीले ४ रनको योगदान गरे । पूर्वकप्तान सन्दीप लामिछाने र आशिफ शेख खाता खोल्न नपाई आउट भए ।

Nepal  (T: 286 runs from 50 ovs)
BATTING R B 4s 6s SR
Kushal Bhurtel  c Ya France b Loftie-Eaton 115 113 10 4 101.76
Aasif Sheikh † b Scholtz 0 5 0 0 0.00
Gyanendra Malla  lbw b Loftie-Eaton 25 35 4 0 71.42
Rohit Paudel (c) c & b Trumpelmann 72 76 7 3 94.73
Kushal Malla  b Trumpelmann 6 12 1 0 50.00
Dipendra Singh Airee  lbw b Trumpelmann 7 7 1 0 100.00
Sundeep Jora  c Ya France b Lungameni 28 24 3 1 116.66
Karan KC  not out 20 12 1 2 166.66
Sandeep Lamichhane  c Birkenstock b Loftie-Eaton 0 1 0 0 0.00
Sompal Kami  not out 4 1 1 0 400.00
Extras (w 10) 10
TOTAL 47.4 Ov (RR: 6.02) 287/8
Did not bat: Lalit Rajbanshi 
Fall of wickets: 1-3 (Aasif Sheikh, 1.5 ov), 2-53 (Gyanendra Malla, 11.1 ov), 3-186 (Rohit Paudel, 33.1 ov), 4-196 (Kushal Malla, 35.6 ov), 5-212 (Dipendra Singh Airee, 37.6 ov), 6-261 (Sundeep Jora, 44.4 ov), 7-283 (Kushal Bhurtel, 47.2 ov), 8-283 (Sandeep Lamichhane, 47.3 ov)

आजको खेलमा बलिड.मा पहिलो विकेट लिएका सोमपाल कामीले ब्याटिड.मा चौका हिर्काएर नेपालको पक्षमा राम्रो फिनिसिड. गरे । नेपालका कुशल ब्याटस्म्यान कुशल भूर्तेल जितका लागि ३ रन जोड्न बाँकी छँदा जान निकोल लफ्ति इटनको बलिड.बाट आउट भएपछि ब्याटिड. सम्हालेका पूर्वकप्तान सन्दीप लामिछाने पहिलो बलमा नै आउट भए । त्यसपछि आएका सोमपालले पहिलो बलमा चौका प्रहार गरेर नेपालको पक्षमा खेल टुंग्याए ।

नेपाललाई रोक्ने क्रममा नामिबियाका रुबेल ट्रम्पम्यान र जोन निकोल लफिट इटनले ३।३ तथा टंगेनी लुंगामेनी र बनार्ड शोल्जले १।१ विकेट लिएका थिए ।

BOWLING O M R W ECON WD NB
Ruben Trumpelmann 10 0 48 3 4.80 5 0
Bernard Scholtz 10 1 51 1 5.10 0 0
Gerhard Erasmus 4 0 26 0 6.50 2 0
Tangeni Lungameni 10 1 44 1 4.40 1 0
Jan Nicol Loftie-Eaton 5.4 0 54 3 9.52 1 0
Karl Birkenstock 4 0 31 0 7.75 1 0
Pikky Ya France 3 1 22 0 7.33 0 0
Michael van Lingen 1 0 11 0 11.00 0 0

यस पहिले टस हारेर पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको निर्धारित खेलमा २ सय ८५ रन बनायो ।

नामिबियाका लागि माइकल भान लिड।गेनले सर्वाधिक १ सय ३३ रन बनाए । त्यस्तै क्याप्टेन गेरहार्ड इरास्मसले ५६, जान ग्रीनले ३४,कार्ल ब्रेकिस्टन र जान फ्यालिड।कले १३ ।१३, रुबेल ट्रम्पल म्यानले ११, जान निकोल लोफ्टी एटनले ८,लो हार्डी लरेन्सले ५ , पिकिया फ्रान्सले २ र टांगेनी लुंगामेनीले १ रन जोडेका थिए ।

Namibia  (50 ovs maximum)
BATTING R B 4s 6s SR
Lo-handre Louwrens  b Sompal Kami 5 13 1 0 38.46
Karl Birkenstock  b Lamichhane 13 24 3 0 54.16
Michael van Lingen  c Airee b Karan KC 133 137 9 5 97.08
Gerhard Erasmus (c) c Lamichhane b Kushal Malla 56 79 2 3 70.88
Jan Nicol Loftie-Eaton  c Malla b Karan KC 8 10 1 0 80.00
Jan Frylinck  b Karan KC 13 10 0 1 130.00
Zane Green † c †Aasif Sheikh b Karan KC 34 19 4 1 178.94
Pikky Ya France  c Malla b Lamichhane 2 3 0 0 66.66
Ruben Trumpelmann  b Lamichhane 11 4 1 1 275.00
Bernard Scholtz  c Paudel b Karan KC 0 1 0 0 0.00
Tangeni Lungameni  not out 1 1 0 0 100.00
Extras (b 1, nb 1, w 7) 9
TOTAL 50 Ov (RR: 5.70) 285
Fall of wickets: 1-7 (Lo-handre Louwrens, 2.5 ov), 2-45 (Karl Birkenstock, 10.2 ov), 3-169 (Gerhard Erasmus, 36.1 ov), 4-190 (Jan Nicol Loftie-Eaton, 39.6 ov), 5-223 (Jan Frylinck, 44.1 ov), 6-252 (Michael van Lingen, 46.6 ov), 7-264 (Pikky Ya France, 48.1 ov), 8-276 (Ruben Trumpelmann, 48.6 ov), 9-284 (Zane Green, 49.4 ov), 10-285 (Bernard Scholtz, 49.6 ov)

नामिबियालाई रोक्ने क्रममा नेपालका करन के.सी.ले ५,सन्दीप लामिछानेले ३, सोमपाल कामी र कुशल मल्लले १। १ विकेट लिएका थिए ।

नेपालका सोमपाल कामीले तेस्रो ओभरको पाँचौ बलमा नामिबियाका लो ह्यान्ड्रिस लोसेन्सलाई आउट गरेर पहिलो विकेट लिएका थिए । त्यसपछि ११ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले अर्को विकेट लिएर कार्ल ब्रिकेनस्टोकलाई मैदान बाहिर पठाए । तेस्रो विकेट लिन भने नेपालले लामो समयको प्रतिक्षा गर्नुपर्यो । ३७ औं ओभरको पहिलो बलमा कुशल मल्लले विकेट लिंदै गेरहार्ड इरास्मसलाई मैदानबाहिर पठाए । ४० औं ओभरको अन्तिम बलमा करन के.सी.ले चौथो विकेट लिंदै जान निकोल लफ्टि इटनलाई मैदानबाट बाहिर पठाए ।

नेपालले खेलको उत्तरार्धमा ४५ ओभर पछि नेपालले ६ विकेट लियो । ४५ औं ओभरको पहिलो बलमा करनले जोन फ्रयांकलिनको विकेट लिए । ४७ ओभरको अन्तिम बलमा उनैले भान लिंगेनको विकेट लिए । ४९ ओभरको पहिलो बलमा लामिछानेले पिंकी या फ्रान्सको विकेट लिए भने सोही ओभरको अन्तिम बलमा रुवेन ट्रम्पलमेनको विकेट लिए । ५० औं ओभरको चौथो बलमा करनले जाने ग्रीन र अन्तिम बलमा बर्नाड शोल्जको विकेट लिए ।

BOWLING O M R W ECON WD NB
Sompal Kami 9 1 56 1 6.22 1 1
Karan KC 10 1 61 5 6.10 0 0
Dipendra Singh Airee 8 0 26 0 3.25 0 0
Sandeep Lamichhane 10 0 66 3 6.60 1 0
Lalit Rajbanshi 6 0 40 0 6.66 1 0
Kushal Malla 7 0 35 1 5.00 0 0
Share Now

Leave a comment.