Prakash Adhikari February 15, 2023

 

काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजवाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा निर्वाचन प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि निबर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसक्नुभएको छ । जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहनुभएको छ ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, लोकेश निरौला , मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ । ‘निः शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिशनको मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसक्नुभएको छ ।

अनेरास्ववियुको महाधिवेशन २–४ फागुनसम्म काठमाडौंमा आयोजना भैरहेको छ । महाधिवेशनमा सहभागी हुन देशभरिवाट १ हजार ८० प्रतिनिधि आएका छन ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उहाँका अनुसार जारी महाधिवेशनले १ सय ९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन ।

उहाँका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

 

Share Now

Leave a comment.