Prakash Adhikari February 17, 2023

काठमाडौं, ५ फागुन । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी हुुनुभएको छ ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो ।

निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ ।
अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ ।

त्यस्तै सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित हुनुभएको छ ।

 

Share Now

Leave a comment.