कीर्तिपुर(काठमाडौं), ५ फागुन । आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले ४ विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १७ ओभरको समाप्तीमा ४ विकेटको क्षति गर्दै ६६ रन बनाएर खेलिरहेको छ।
स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका बलर कुशल मल्लले २ र पूर्वकप्तान सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।
टस जितेर फिल्डिड. रोजेको नेपालका लागि आजको खेलमा पहिलो विकेटको खाता कुशल मल्लले खोलेका थिए । उनले आठौं ओभरको चौथो बलमा स्कटल्याण्डका ओपनर रिच बियरिड.टोनको विकेट लिएका थिए । त्यसपछि १२ औं ओभरको पहिलो बलमा क्रिस्टोफर म्याक ब्राइडको विकेट लिएका थिए । कुशललाई स्कटल्याण्डका दुवै ओपनरको विकेट लिने संयोग जुरेको थियो ।
सन्दीपले १५ औं ओभरको पाँचौ बलमा स्कटल्याण्डका म्याथ्यु क्रसलाई एलबीडब्ल्यु घरापमा पारेका थिएन भने १७ औं ओभरको पहिलो बलमा स्कटल्याण्डका थोमस म्याकिन्टोसलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।


















