भरतपुर(चितवन), ७ फागुन ।चितवनमा फागुन ११ गतेबाट आरम्भ हुने इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी–२० क्रिकेट प्रतियोगितामा क्यानाडाको नेपलिज क्यानडियन क्रिकेट क्लब(एनसीसी)ले सहभागिता जनाउने भएको छ।
नेपलिज क्यानेडियन क्रिकेट क्लबले मातृभूमिसग पनि क्रिकेटको माध्यमबाट जोडिएर योगदान गर्न तयार रहेको जानकारी दिएको छ ।
प्रतियोगितामा एनसीसी टिमको नेतृत्व राष्ट्रिय खेलाड़ी गौतम केसीले गर्नेछन भने टिममा विज्ञान पांडे ,रबिन्द्र तिमिल्सिना,नबीन यादव ,लक्की सापकोटा,शिरिष राखल,पारस घिमिरे ,कृष्ण श्रेष्ठ ,दीपेशकुमार क्षत्री ,प्रशन्न बर्तौला,विदुर पौडेल,संस्कार देवकोटा रहेका छन्।

इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा प्रतियोगिता आयोजना गर्दैछ।
प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
खेलमा प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।
सिंगल राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५ । ५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने जानकारी आयोजकहरुले दिएका छन् ।


















