Prakash Adhikari February 19, 2023

काठमाडौं, ७ फागुन । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताउनुभएको छ । उहाँको कार्यकाल ४ वर्षको हुनेछ ।

कृषि विकास बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उहाँ सीईओ बन्नुभएको हो।

बैंकर गुरुङ सिभिल बैंकमा सीईओको पनि हुनुहुन्थ्यो । सिभिल पछि उहाँ म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ हुनुभयो। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा उत्रिनुभएका गुरुड. अन्य २१ जनालाई पछि पार्दै बैंक हाँक्न आइपुग्नुभयो ।

Share Now

Leave a comment.