Prakash Adhikari February 20, 2023

 

काठमाडौं, ८ फागुन । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ।

श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

२०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ मानव अधिकारकर्मी पनि हुनुहुन्थ्यो ।

उहाँको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ।

विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।

Share Now

Leave a comment.