Prakash Adhikari February 20, 2023

 

काठमाडौं, ८ फागुन। राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष नेपाली कांग्रेसले औपचारिक रुपमा प्रस्ताव गरेको छ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला हिजो साँझ बालुवाटार पुग्नुभएको थियो ।

कांग्रेस महामन्त्री थापाले करिब दुई घन्टा भएको छलफलमा राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक पटक छलफल भैरहेको छ ।

सो अवसरमा प्रधानमन्त्रीले यसबारे आफ्नो पार्टीमा छलफल गर्ने बताउनुभयो ।
माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ । आजको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

Share Now

Leave a comment.