Prakash Adhikari February 21, 2023

कीर्तिपुर(काठमाडौं), ९ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले लोभलाग्दो प्र्रदर्शन गरिरहेका छन् । आजको खेलमा सन्दीपले ६ ओभर बलिड. गर्दा स्कटल्याण्डको ४ विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले ३१  ओभरको अन्त्यमा ५ विकेटको क्षतिमा १ सय ५९ रन  बनाएर खेलिरहेको छ।

खेलमा नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। कुशल मल्लले एक विकेट लिए।

आठौं ओभरमा बलिड. गरेका सन्दीपले पाँचौ बलमा स्कटल्यान्डको ओपनर केर्ली कोट्जरलााई २२ रनमाएलबीडब्लु धरापमा पारेका थिए। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए।

सन्दीपले नै १४ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो।

सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए।

कुशलले २०.२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे।

सन्दीपले नै २२ औं ओभरको तेस्रो बलमा ओभमार थोेमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए।

Share Now

Leave a comment.