Prakash Adhikari February 21, 2023

 

अंकरा(टर्की), ९ फागुन(बीबीसी) । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ।

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ।

पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८ः०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।


पहिलेको भूकम्प र मृत्यु
उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका फल्टलाइनहरू

टर्कीका फल्टलाइनहरू
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।

उहाँले पछिल्लो भूकम्पका कारण टर्कीमा २ सय १३ जना घाइते भएको बताउनुभयो ।

प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।

दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।

हजारौँ परकम्प

“मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो”, आफ्नो सात वर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अलओमरले भावुक हुँदै रोयटर्सलाई भन्नुभयो।

भूकम्प गएका बेला उहाँ मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि हुनुहुन्थ्यो।

टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६ हजार भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।

त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।

 

टर्की र सिरियामा भूकम्प
टर्कीमा केन्द्रबिन्दु बनाएर आएको पहिलो भूकम्पको केन्द्रबिन्दु गाजियान्टेप सहरनजिकै थियो

सिरियाको अवस्था
सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४ सय ७० जना घाइते अस्पताल पुगेको बताएको छ।

पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।

अफादले सोमवारको भूकम्पपछि ३२ वटा पराकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।

उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।

एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।


राहतमा कठिनाइ
गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन्। त्यसमा एउटा पुल पनि पर्छ।

सडकमा गहिरा चिराहरू परेका छन्। त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा पुर्‍याउन सकिएको छैन।

एएफपीका एक पत्रकारले हाटाई प्रान्तको राजधानी अन्टाक्यामा निम्तिएको अत्यासपूर्ण दृश्यबारे रिपोर्टिङ गरेका थिए।

उक्त सहरलाई यसअघिकै भूकम्पले ध्वस्त पारेको थियो। त्यहाँ पछिल्लो भूकम्पले सहरमा धुलोको मुस्लो उडाएको थियो।

त्यहाँ कैयौँ भवनहरू भत्किएका छन् भने धेरै घाइतेहरूले सहयोग मागेका छन्।

भूकम्पको कारण

Share Now

Leave a comment.