कीर्तिपुर(काठमाडौं), ९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तरगत आज सम्पन्न १ सय २६ औं स्कटल्याण्ड र नेपालबीचको खेल नेपालले जितेको छ ।
सातौं ओभरको पाँचौ बलमा आशिफ शेखको विकेट म्याकमुलनले पतन गरेपछि मैदान ब्याटिड. सम्हालेका कप्तान रोहित पौडेलले निकै निराशाबाट गुज्रेको नेपालको खेललाई विजयसम्म पुर्याए । उनलाई मैदानमा अन्तिम ढाडस र साथ करन के.सी.ले दिए । जो १० औं खेलाडीका रुपमा ब्याटिड. सम्हाल्न मैदानमा उत्रिएका थिए।
आजको खेलमा नेपालको ब्याटिड. ध्वस्तै रहेको थियो । ओपनर कुशल भूर्तेल १ रन बनाएको अवस्थामादोस्रो ओभरको पहिलो बलमा आउट भए । अर्को ओपनर आशिफ शेख सातौ ओभरको पाँचौ बलमा १२ रन बनाएको अवस्थामा आउट भए । आशिफ शेख आउट भएपछि ब्याटिड. सम्हालेका कप्तान पौडेलले खेललाई विजयसम्म पुर्याएर आफैले चौका प्रहार गरेर सुन्दर समापन गरे ।
ओपनरहरु बाहिरपछि मैदानमा आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ११ औं ओभरको तेस्रो बलमा २१ रन बनाएको अवस्थामा आउट भए । ज्ञानेन्द्रपछि मैदानमा आएका कुशल मल्ल १८ औं ओभरको पहिलो बलमा १७ रन बनाएको अवस्थामा नै आउट भए । त्यसपछि ब्याटिड.मा उत्रिएका सन्दीप जोरा १९ औं ओभरको चौथो बलमा १ रन बनाएको अवस्थामा नै आउट भए । त्यसपछि ब्याटिड. सम्हालेका दीपेन्द्रसिं ऐरी पनि २४ औं ओभरको पाँचौ बलमा ७ रन बनाएको अवस्थामा आउट भए । त्यसपछि मैदानमा उत्रिएका सोमपाल कामी पनि लामो समय टिकेनन । २ रन बनाएको अवस्थामा २७ औं ओभरको चौथो बलमा आउट भए । त्यसपछि मैदानमा भित्रिए सन्दीप लामिछाने ।उनी पनि ९ रन बनाएको अवस्थामा ३२ औं ओभरको पाँचौ बलमा आउट भए ।
सन्दीप आउट हुँदा नेपाल १३८ । ८ को अवस्थामा थियो । मैदानमा रहेका कप्तान पौडेललाई अन्तिम साथ दिन मैदानमा उत्रिएका थिए करन के.सी. । कप्तान रोहित र करणको साथ खुब जम्यो । दुबैले ७५ रनको साझेदारी गरी नेपाललाई जितमा पुर्याए । खेलमा रोहितले ६ चौका र ४ छक्काको मद्दतले ९५ रन बनाए भने करणले दुई चौका र एक छक्काको मद्दतले ३१ रन बनाए ।
कप्तान रोहित पौडेल आजको प्लेयर अफ द म्याच घोषित भए ।
नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका मार्क वाटले ३,क्रिश ग्रिभ्सले २ तथा ब्राण्डन म्याकमुलन,सफयान सरिफ र माइकल लिचले १ । १ विकेट लिए ।
नेपाललाई २ सय १३ को लक्ष्य
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिड. गरेको स्कटल्यान्ड निर्धारित ५० ओभरको खेल ४६.१ ओभर २ सय १२ रनमा अलआउट हुँदै नेपाल सामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
स्कटल्याण्डको लागि जर्ज मुन्सेले ६०,म्याथु क्रसले ४२,ब्राण्डन म्याकमुलन ३१, क्रिश्टोफर म्याकब्राइड र कायल कोर्टले २२ ।२२,मार्क वाट र सफयान सरिफले ८।८, क्रिश ग्रिभ्सले ७ र थमस म्याकिन्टसले १ रनको योगदान दिएका थिए ।
स्कटल्याण्डलाई रोक्न नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। करण केसीले ३ विकेट झारे। कुशल मल्ल र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो।