काठमाडौं, १० फागुन । पाटन उच्च अदालतको विदेशजान प्रतिबन्ध लगाउने आदेश बदर गर्न माग गर्दै सन्दीप लामिछानेका वकिलहरु सर्वोच्च अदालत जाने भएका छन्।
उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ।
सन्दीपलाई काठमाडौं उपत्यका छाड्न पनि प्रहरीसँग अनुमति लिन पर्दछ।
अदालतले दिएको सीमित स्वतन्त्रताले वैयक्तिक स्वतन्त्रता, हिडडुलको अधिकार र पेशागत खेल खेल्न पाउने अधिकारको हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताउनुभएको छ।
‘प्रतिवादीको पनि गोपनियताको कुरा हुन्छ। यसअघि उच्च अदालतले पनि यो मुद्दाको विषयमा नबोल्नु भन्यो तर केही ठूला मिडियाले यसलाई पालना गरेनन्’, अधिवक्ता घिमिरेले भन्नुभयो, ‘सन्दिपले कस्तो खेले र खेल जित्न कति योगदान गरे केही मिडियाले यसको मतलब गरेनन, हात मिलाए कि मिलाएनन् त्यो प्रमुख बनाए।’
सन्दीपले पहिले नै आफू निर्दोष भएको दाबी गर्दै दोषि ठहर भए जेल जान तयार रहेको बताएका थिए। उनीविरुद्ध जाहेरी दर्ता हुँदा विदेशै रहेका सन्दीप आफै स्वदेश फर्किएका थिए।
वकिलहरुले सन्दीपका् धरौटी रकम बढी भएको भन्दै घटाउन माग गर्ने भएका छन्। उच्च अदालतले उनीसँग २० लाख नगद धरौटी माग गरेको थियो।
‘टेक्निकल पाटोहरू हेर्दैछु। सकियो भने आजै २÷३ बजेतिर सर्वोच्च जान्छौं। सन्दीपलाई तयार भएर बस्नु भनेको छु’, अधिवक्ता घिमिरेले भन्नुभएको छ।
उच्च अदालतले काठमाडौं बाहिर जान अनुमति लिनु पर्ने बताए पनि क्रिकेट खेल्न भने प्रतिबन्ध लगाएको थिएन। क्यानले पनि निलम्बन फुकुवा गरेको थियो।
३ महिना थुनामा बसेर फर्किएका सन्दीपले हालै काठमाडौंमा सम्पन्न आईसीसी पुरुष विश्वकप क्रिकेट लीग २ अन्तरगत नेपाल,नामिबिया र स्कटल्याण्डबीचको त्रीदेशीय श्रृखलामा सानदार प्रदर्शन गरे। उनले ४ खेलमा १३ विकेट लिएका थिए । उनी यो सिरिजमा सर्वाधिक विकेट लिने क्रिकेटर बने।
त्रिदेशिय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता युएई भ्रमण गर्दैछ। त्यहाँ नेपालले पपुवान्युगिनी र युएईसँग २ । २ खेल खेल्नेछ। आगामी सोमबार पहिलो खेल पपुवान्युगिनीसँग खेल्ने तालिका छ।
त्यसअघि नै सन्दीपको विदेश प्रतिबन्ध गर्ने आदेश फुकाउन उनका वकिल र क्रिकेटप्रेमीहरुल अदालतको शरणमा पुग्न लागेका हुन् ।
पूर्वकप्तान सन्दीप नेपाली क्रिकेटका एक चम्किला नक्षत्र हुन् । उनलाई माइनस गर्दा नेपाली क्रिकेटमा खासगरी बलिड.मा ठूलै शून्यता आउछ । मर्खर कीर्तिपुरमा भएको खेलले नेपाली राष्ट्रिय टिममा उनको अपरिहार्यतालाई पुष्टि गरेको छ । नेपालको एक दिवसीय मान्यता जोगाउन यूएईमा हुने चार खेल पनि महत्वपूर्ण रहेकोले अदालत प्रहरी निगरानीमा सन्दीपलाई विदेश जान र आउन लचिलो हुने अनुमान गरिएको छ ।
मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।🙏 pic.twitter.com/N624WYaTeN
— Sandeep Lamichhane (@Sandeep25) February 22, 2023
सन्दीपसंग सहमतिमा डेटिड. जाने महिलाको अस्पतालमा दर्ता जन्ममितिले उनी १८ बर्ष पुगेको बालिग नागरिक भएको पुष्टि हुन्छ । शारीरिक सम्बन्ध कायम गर्नका लागि सिडियोले दिएको नागरिकताको प्रमाणपत्र हैन,अस्पतालको जन्मदर्ता महत्वपूर्ण हुन्छ । शारीरिक बनावट जन्मको आधारमा विकसित हुँदै आएको हुन्छ । बीचमा मिति फेरेर बनिसकेको शरीर थपघट हुदैन । उनीसंग डेटिड. जाने महिलाको अस्पतालको जन्म प्रमाणपत्रले मान्यता पाउनासाथ बालिग नागरिक भएको पुष्टि हुन्छ । बालिग नागरिकसंग सहमतिमा गरिने यौनसम्बन्ध वैध मानिन्छ ।
सर्वोच्च अदालतले अन्नपूर्ण राणाको एक मुद्दामा फैसला गर्दा सहमतिका आधारमा राखिने यौनसम्बन्धलाई सामाजिक अपराधका रुपमा वा फौजदारी अपराधका रुपमा हेर्न नमिल्ने व्याख्या गरेको छ ।
यदी अदालतले यसअघिको निर्णय बदर नगरे नेपाली टोली सन्दीपबिनै यूएई जान बाध्य हुने छ।


















