Prakash Adhikari February 22, 2023

काठमाडौं, १० फागुन । धेरै दिनपछि नेपालको शेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामा शेयर बजारका समस्याहरु संबोधन नभएपछि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार दोहोरो अंकको बढोत्तरी देखिएको छ । धितोपत्र बजार सूचक ३३.५७ अंकले बढेर परिसूचक २०८०.३८ बिन्दुमा रोकिएको छ ।

यो दिन २ सय ६९ कम्पनीको ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता शेयरको किनबेचबाट १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १ सय ८० रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहकोे उपसूचकमा हरियाली छाएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको उपसूचक १६.८३, विकास बैंक ८०.५४, वित्त कम्पनी ४८.९०, जलविद्युत ९६.९२, जीवन बीमा १९६.३६, उत्पादन तथा प्रशोधन ७१.९०, निर्जीबन बीमा समूहको उपसूचक १८०.८५ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक ६०.२५ अंकले घटेको छ ।

Symbol Current Chng Chng %
1,358.73 16.83 1.25
3,690.22 80.54 2.23
1,742.48 48.90 2.89
3,190.12 94.99 3.07
2,614.53 96.92 3.85
65.96 1.63 2.53
10,423.14 196.36 1.92
5,049.67 71.90 1.44
4,319.04 -60.25 -1.38
14.38 -0.02 -0.15
9,077.25 180.85 2.03
1,493.95 28.31 1.93
2,231.19 -0.08 0.00

यस दिन कारोबार भएका कम्पनी मध्ये १ सय ६५ कम्पनीको शेयर मूल्य बढेको छ । ४९ कम्पनीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ र ३ वटा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको समान रहेको छ ।

यस दिनको कारोबारमा बैंक तथा बीमा कम्पनीमा लगानीकर्ताको आर्षकण देखिएको छ । लिबर्टी इनर्जी, छ्याङ्दी हाईड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, पिपुल्स पावर कम्पनी, रिभर फल्स पावर,बरुण हाइड्रो, एनएमबी बैंक, डिव्येश्वरी हाइड्रो, न्यादी ग्रुप पावर र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्

बढेको बजारमा पनि आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्त,सिर्जनशील लघुवित्त, आँधीखोला, सानिमा लार्जक्याप फण्ड, जीवनविकास लघुवित्त, साधना लघुवित्त, नेष्डो र फरवार्ड लघुवित्तको शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्ट्रिलरी कम्पनी पहिलो स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा जीवन बीमा लघुवित्त र ग्लोबल आइएमई बैंक रहेका छन् । त्यस्तै अघिक रकमको कारोबार हुने अन्य कम्पनीहरुमा एनआईसी एशिया, न्यादी ग्रुप पावर,नबिल बैंक, शुभश्री हाइड्रो,अपि पावर, निफ्रा र नेष्डो लघुवित्त रहेका छन् ।

Share Now

Leave a comment.