काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसले पर्सि शनिबारका लागि बैठक बोलाएको हो।
फागुन १३ गते बिहान ८.३० बजे पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक सानेपामा बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ।
बैठकमा राष्ट्रपतिको उमेदवार चयन गर्नेबारे निर्णय हुने उहाँले बताउनुभएको छ ।


















