Prakash Adhikari February 24, 2023

 

काठमाडौँ, १२ फागुन। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।

सम्पत्ति शुद्धिकरण संशोधन विधेयकबारे पार्टीको साझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको छ ।

सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको रायसहित सांसदहरुबीच मतैक्यता कायम गर्न बैठक राखेको हो ।

लेखकका अनुसार आज विज्ञहरु कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् ।

कांग्रेसले संसदमा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने लेखकले बताउनुभयो ।

 

Share Now

Leave a comment.