Prakash Adhikari February 24, 2023

अजमान(युएई), १२ फागुन । आइसिसी यु१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपाल सिंगापुरसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा युएईको इर्डेन गार्डेन्स आजमानमा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यु१९ विश्वकप खेल्न पाउनेछ । नेपाल यो श्रृखला जितेर २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ ।

नेपालको कप्तानी देव खनालले गर्नेछन् । नेपालबाट १० ओडिआई खेल खेलिसकेका देवबाट नेपाल ठूलो इनिङ चाहन्छ । दीपक बोहरा र अर्जुन कुमालले ओपनिङ गर्ने निश्चित जस्तै छ।

मध्यक्रममा नेपालले उत्तम थापामगर, मिलन बोहरा र विशाल विक्रम केसीलाई मैदान उतार्ने सम्भावना छ । स्पिन अलराउन्डरमा दीपेश कँडेलको सम्भावना छ । नेपालले तीन तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द र दुर्गेश गुप्तालाई मैदान उतार्ने सम्भावना छ । स्पिनरमा सुवास भण्डारी हुनेछन् । गण्डकी प्रदेशका सुवास घरेलु क्रिकेटमा राम्रो अनुभव बोकेका खेलाडी हुन् ।

Image

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), दीपेश कँडेल ९उपकप्तान०, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

सिंगापुरको टोली 

आदित्य भार्गव, महियु भाटिया, अर्विन चौधरी, अभ्युदय छाजेर, राहिल खान, प्रनाव महेश्वरी, अर्यान मोदी, अर्जुन नागपल, प्रनभ रामन्था सिल्भा, जीवन सन्थानम, प्रथम सोनामी, सिद्धान्त श्रीकान्त, वेंकेटश थियानेश र कबिर जद्रानी

Share Now

Leave a comment.