काठमाडौं, १३ फागुन । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका आठ राजनीतिक दलहरुले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले बोलाएको आकस्मिक बैठकले सो निर्णय गरेको हो।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको हो।
राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको थियो।
सत्ता गठबन्धनमा रहेको तेस्रो ठूलो राजनीतिक दलले सरकार छोड्ने निर्णय गरेसंग सत्ताको दोस्रो साझेदार नेकपा एमालेमा सरकार छोड्न नैतिक दबाव बढेको छ ।


















