सानेपा(ललितपुर), १३ फागुन । नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गर्नुभएको थियो।
सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो।
सत्तारुढ नेकपा माओवादी केन्द्रसहित शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसका उम्मेदवारलाई नै राष्ट्रपतिमा जिताउने निर्णय गरेको छ।
पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नुहुने भएको छ।


















