Prakash Adhikari February 27, 2023

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ।

अतिकम विकसित मुलुकहरू (एलडीसी)को पाँचौँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाला यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्ने लगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।

प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आइतबार बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।

राष्ट्रपति निर्वाचनलाई नै कारण देखाउदै प्रधानमन्त्री दाहालले आइतबार जेनेभा जान लाग्नुभएकी परराष्ट्र मन्त्री डा. विमला राई पौडेललाई अन्तिम समयमा रोक्नुभएको थियो ।

 

Share Now

Leave a comment.